Headlines News :
Home » » १ दिनको बन्दले हेटौंडामा ३ करोड घाटा

१ दिनको बन्दले हेटौंडामा ३ करोड घाटा


मकवानपुर, फागुन ८ – एक दिनको बन्दले हेटौडा औद्योगिक क्षेत्रका उद्योगमा ३ करोड रुपैयाँ नोक्सान हुने उद्योगीहरुले बताएका छन् ।
औद्योगिक क्षेत्रमा सञ्चालित ७० वटा साना ठुला उद्योगहरु बन्द हुँदा एक दिनमा ३ करोड रुपैयाँ नोक्शान हुने उद्योग संघ हेटौडाका अध्यक्ष ऋषिराम घिमिरेले बताउनुभयो ।
मंगलबार नेकपा–माओबादीको बन्दका कारण यहाँका उद्योगहरु पनि बन्द भएका छन् । उद्योग बन्द हुँदा सामान निकासी नहुने, कच्चा पदार्थ भित्र्याउन नपाउने, कर्मचारी तलब भत्ता तथा बैङ्कको ब्याज तिरिरहनुपर्ने भएकाले उद्योगीहरुलाई घाटा हुने घिमिरेले बताउनुभयो । उद्योग बन्द भएपछि मंगलबार यहाँ कार्यरत ४ हजार जना मजदुरहरु पनि फुर्सदिला बनेका छन् ।
नेकपा– माओबादीको नेपाल बन्दका कारण मंगलबार मकवानपुरको जनजीवन प्रभाबित भएको छ । मकवानपुर भएर चल्ने पूर्व पश्चिम राजमार्ग, त्रिभुबन राजपथ, कान्तिराजपथमा बिहानैदेखि सवारीका साधनहरु चलेका छैनन् । हेटौडा बजार क्षेत्रमा पनि साइकल, रिक्सा बाहेकका सवारीका साधनहरु चलेका छैनन् ।  पसलहरु पनि खुलेका छैनन् ।
बन्दका कारण मकवानपुरका एक लाख ५० हजार जना बिद्यार्थीहरु पढ्नबाट बञ्चित भएका छन् । हेटौडा नगरपालिका र बिभिन्न गाविसका सरकारी र नीजि गरी ५ सय ८४ बिद्यालय बन्द भएपछि विद्यार्थी घरमा नै बसेका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com