Headlines News :
Home » » क्रिकेटर हरभजन सिंहले फिल्म खेल्ने

क्रिकेटर हरभजन सिंहले फिल्म खेल्ने

फाल्गुन ५


भारतका क्रिकेट बलर हरभजन सिंह विश्वभरीका क्रिकेटप्रेमी माझ परिचित नाम हो । आफ्नो क्रिकेट करियरमा उत्कृष्ट प्रदर्शन गर्दै आएका सिंहले अब भने एक पञ्जावी फिल्म मार्फत ठूलो पर्दामा अभिनयको सुरुवात गर्न लागेको ‘जी न्यूज’ले जनाएको छ ।

अभिनेता अक्षय कुमारद्धारा बनाईन लागेको ‘बा जी इन प्रब्लम’ नामक फिल्ममा क्रिकेटर सिंहले एक सानो भूमिका निर्वाह गर्ने जनाइएको छ । 

क्रिकेटमा ‘भज्जी’को नामबाट चर्चित सिंहको फिल्ममा भूमिका क्रिकेटरकै हुने कि अन्य भूमिकामा देखिने भन्ने विषयमा भन्ने केही नखुलेको जनाइएको छ ।
फिल्मको निर्माण भने ग्रेजिंग गोट प्रोडक्सनले गर्न लागेको उल्लेख गरिएको छ । -एजेन्सी
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com