काठमाडौं फागुन ५
विश्वमा सबैभन्दा बढी हेरिने साइटका रुपमा उक्लनै लागेको फेसबुकलाई ह्याकरहरुले दुख दिए पनि उसले पाएको स्थान भने तत्कालै गुम्ने खतरा देखिएको छैन । फेसबुक अहिले विश्वमा दोस्रो स्थानमा छ भने नेपालमा गुगललाई पछि पार्दै पहिलो स्थानमा रहेको छ ।
पछिल्लो समय फेसबुकलाई ह्याकरहरुले दुख दिएका छन् । यो अवस्थामा उसलाई पछ्याइरहेको युट्युबको भाग्य खुल्नुपर्नेमा यो साता युट्युवका प्रयोगकर्ता समेत घटेका छन् । विश्वका प्रमुख टप साइटमध्ये यतिबेला फेसबुक दोस्रो स्थानमा छ भने पहिलो स्थानमा गुगल डटकम रहेको छ । गुगलका प्रयोगकर्ताहरु गएको तीन महिनायता घटेका छैनन् । विश्वमा गुगल, फेसबुक र युट्युबपछि चौथो स्थानमा मानिसहरुले याहु चलाउने गर्छन् । ग्लोबल र्याङ्कमा ट्वीटर भने अहिलेसम्म दशौं स्थानमा छ ।
विश्वमा तेस्रो सूचिमा रहेको युट्युब सातदिन यताको मूल्यांकनमा ऋणात्मक देखिए पनि शुक्रबारको र्याङकिङ्कमा धनात्मक देखिएको छ । गुगललाई जित्न तम्सिएको फेसबुक ह्याकरको अवरोधका बावजुद साताको मूल्यांकनमा घटेको छैन । ह्याकरुहरुले अझै दुख दिइरहेको अवस्थामा भने फेसबुकले विश्वमा दोस्रोबाट तेस्रोमा र नेपालमा पहिलोबाट दोस्रो स्थानमा झर्नुपर्ने छ । तर, फेसबुकलाई पछार्ने दाबी गरिरहेको युट्यव पनि कमजोर देखिएकाले फेसबुकको स्थान अहिलेसम्म बलियै देखिएको हो ।
नेपालमा फेसबुक नै अगाडि
विश्वमा लोकप्रिययताको हिसाबले फेसबुक दोस्रो सूचिमा रहेता पनि नेपालमा भने सबैभन्दा बढीले फेसबुक नै चलाउने गरेका छन् । नेपालमा फेसबुकपछि गुगल डटकम दोस्रो लोकप्रियय रहेको छ भने गुगल एनपी लोकप्रियय ाको तेस्रो स्थानमा छ । विश्वस्तरमा तेस्रो स्थानमा रहेको युट्युब नेपालमा भने चौथो स्थानमा छ । गुगल एनपीका कारण नेपालमा युट्युब एक तह पछाडि परेको हो । विश्वमा चौथो स्थानमा रहेको याहु नेपालमा भने पाँचौं स्थानमा छ ।
नेपालमा फेसबुक पहिलो स्थानमा भए पनि अमेरिकामा फेसबुक गुगलभन्दा पछाडि दोस्रो स्थानमा रहेको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !