काठमाडौं, माघ २७
लागूऔषध प्रयोग गरिरहेको अवस्थामा भेटिएका पपगायक सुगम पोख्रेललाई सुधारगृह पठाउने सर्तमा परिवारको जिम्मा लगाइएको छ । राजधानीको सेतोपुलमा शुक्रबार साँझ पोख्रेल ६ साथीसहित पक्राउ परेका थिए । एक रात हिरासतमा राखिएका उनलाई ब्युरोले दुर्व्यसनी भएको ठहर गर्दै पुनःस्थापना केन्द्र पठाउन लागेको हो । उनलाई लिन पोख्रेलकी श्रीमती, दाइ र दिदी आएका थिए । उनीहरूले सकेसम्म आफैं ुकाउन्सिलिङु गर्ने र ठीक नभए पुनःस्थापना केन्द्र पठाउने बताएका छन् । ब्युरोका डीआईजी केदार साउदले पोख्रेल दुर्व्यसनीमात्र भएको भेटिएको बताए । तर परिवारले पुनःस्थापना केन्द्र लगेरनलगेकोबारे अनुगमन गर्ने उनले जानकारी दिए ।
पोख्रेलले २र३ वर्षदेखि खैरो हेरोइन सुँघेर लिने गरेको प्रहरीले जनाएको छ । ुघरका सदस्यलाई उनले लागूऔषध प्रयोग गर्ने गरेको जानकारी त थियो,ु उनले भने, ुतर बेवास्ता गरिरहेको पाइयो ।ु उनले पक्राउ परेका साथीहरूसूग मिलेर सानो( सानो डोजमा लिने गरेको पाइएको हो । प्रहरीले पक्राउ परेकामध्ये एकजनाका साथबाट मात्र लागूऔषध बरामद गरेको थियो । ब्युरोले गायक पोख्रेललाई शुक्रबारै छाड्ने तयारी गरेको थियो । तर उनीहरूको साथबाट बरामद भएको दुई ग्राम खैरो हेरोइन कसको हो भन्ने टुंगो नलागेपछि सबैलाई एक रात राखिएको थियो ।
पोख्रेलसँगै ५ दुर्व्यसनी पनि छुटेका छन् । उनीहरूलाई लागूऔषध उपलब्ध गराउने दैलेखका हिक्मत शाहीलाई भने ब्युरोले पक्राउ गरेर राखेको छ । ुशाहीले ती प्रयोगकर्तालाई लागूऔषध ल्याएर बेच्ने गरेको पाइयो,ु डीआईजी साउदले भने, ुत्यसकै आधारमा उनलाई नियन्त्रणमा राखिएको हो ।ु शाही आफैं पनि लागूऔषध प्रयोगकर्ता हुन् । उनको साथबाट २ ग्राम खैरो हेरोइन बरामद भएको छ । पक्राउ परेका ३ जनालाई अभिभावकले सोझै पुनःस्थापना केन्द्र लगेका छन् । बाँकी २ लाई सम्झाउने र नसुध्रिए पुनःस्थापनामा लैजाने बताएका छन् ।
प्रहरीका अनुसार गीत, संगीत, डाक्टरीजस्ता प्रतिष्ठित क्षेत्रमा भएका व्यक्ति पनि लागूऔषधको दुर्व्यसनीमा पर्ने क्रम बढेको छ । केही समयअघि ब्युरोले गरेको सर्वेक्षणले यस्तो देखाएको थियो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !