Headlines News :
Home » » उखुको मुल्य निर्धारणपछि किसानको आन्दोलन फिर्ता

उखुको मुल्य निर्धारणपछि किसानको आन्दोलन फिर्ता

माघ २९

उखुको मुल्य निर्धारण भएपछि किसानले आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिएका छन् । प्रति क्वीन्टल उखुको मुल्य ४ सय ८१ रुपैया दिन चिनि उत्पादक महासंघ सहमत भएपछि किसानले आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिएका हुन् । मुल्य निर्धारणको विषयलाई लिएर २ साता देखि आन्दोलनरत उखु उत्पादक महासंघ र चिनी उत्पादक महासंघबीच हिजो अबेर राती भएको वार्तामा उखुको मुल्य निर्धारण गरिएको थियो ।
किसानले प्रति क्वीन्टल उखुको मुल्य ४ सय ८३ रुपैया ५० पैसा हुनु पर्ने माग राख्दै आएका थिए । वार्तामा सहभागी नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले चिनी उत्पादक महासंघ साबिकको उखु मूल्य तीन सय ६९ रुपैया ५० पैसाबाट चार सय ३३ रुपैया ५० पैसा र साबिकको भ्याट शुल्क ४२ रुपैयामा पाच रुपैया वृद्धि गरेर ४७ रुपैया ५० पैसा निर्धारण गर्न सहमत भएपछि आन्दोलन फिर्ता लिएको बताउनुभयो । उखुको मुल्य वृद्धिको माग गर्दै किसान २ साता देखि आन्दोलनरत थिए ।

पछिल्लो समय मुलुकभर जम्मा ९ वटा चिनी कारखाना संचालित छन् । ती मध्ये पूर्वका सबै चिनी उद्योग नेपाली उखुमा निर्भर रहेपनि पश्चिममा उखुको उत्पादन कम भएकाले त्यस क्षेत्रका उद्योग भारतीय उखुमा निर्भर रहनुपर्ने बाध्यता छ |
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com