काठमाण्डौं फागुन ७,
आज प्रजातन्त्र दिवस, देशभर बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालमा जहानियाँ राणा शासनको अन्य गरी विक्रम संवत २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ । देशमा हुँदै आएका हरेक राजनीतिक परिवर्तन फागुन ७ गतेकै जगमा हुँदै आएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति डा. रामबरण यादबले नेपालमा प्रजातन्त्र स्थापना भएको ६ दशक वितेपनि अपेक्षित राष्ट्रिय आकांक्षा भने अपुरै रहेको बताउनुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ -’नेपाली समाजको स्वेच्छाचारिता, निरङ्कुशता र एकतन्त्रीय जहानिया शासनको अन्त्य गरेको छ दशकको कालखण्डमा मुलुकले सामाजिक र भौतिक क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरे पनि २००७ सालको परिवर्तनको मुख्य उपलब्धि लोकतान्त्रिक शासन पद्धतिलाई संस्थागत, सुदृढ र नेपालीको जीवन पद्धतिका रूपमा स्थापित गर्ने हाम्रो राष्ट्रिय आकाङ्क्षा भने अद्याप अधुरो नै रहेको छ ।’
जननिर्वाचनद्वारा गठित संविधानसभाबाट मुलुकलाई लोकतान्त्रिक संविधान प्राप्त हुनेमा आफु आशावादी रहे पनि हामी सबैको त्यो अपेक्षा अधुरै छाडेर संविधानसभा भङ्ग हुन पुगेकामा राष्ट्रपतिले दुःख व्यक्त गर्नुभएको छ ।
त्यसैगरी उपराष्ट्रपति परमानन्द झाले राष्ट्रिय प्रजातन्त्र विदसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै २००७ सालको महान् जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले जहानिया शासनलाई घुँडा टेकाएको आजको दिन नेपालको इतिहासमा सर्वाधिक गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित रहेको बताउनुभएको छ ।
नेपालमा युगान्तकारी परिवर्तनको यात्राको शुभारम्भको दिन आज हो भन्दै उपराष्ट्रपतिले आन्दोलनबाट प्राप्त उपलब्धिलाई सुदृढीकरण गर्दै राष्ट्रिय एकता, सहमति र सहकार्यको जगमा उभिएर लोकतान्त्रिक मूल्यमान्यताको अवलम्बन र लोकतान्त्रिक पद्धतिको अनुसरणबाट नै सम्भव हुन सक्ने र जनताले चाहेको अग्रगति, विकास, स्थायित्व एवम् समृद्धिको प्राप्ति हुन सक्छ भन्ने स्मरण गराउनुभएको छ ।
यसैगरी प्रधानमन्त्री डा बाबुराम भट्टराईले देशलाई लामो समयसम्म निरङ्कुश जहानियाँ, तानाशाही र एकतन्त्री शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति तथा समृद्धिको कामना गर्नुभएको छ ।
यस अवसरमा मुलुकको अग्रगामी परिवर्तनका लागि विभिन्न समयमा सङ्घर्ष गरी आफ्नो जीवन आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति उहाँले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !