Headlines News :
Home » » नेपाली क्रिकेट टोली अभ्यासका लागि दिल्ली जाने

नेपाली क्रिकेट टोली अभ्यासका लागि दिल्ली जाने

 काठमाडौं  फागुन ७,
आईसीसी वर्ल्ड क्रिकेट डिभिजन थ्रीसँगै एसीसी टी-२० कप क्रिकेटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली भभ्यास खेलका लागि भारत भ्रमणमा जाने भएको छ ।

झण्डै २ साताका लागि नेपाली टोली दिल्ली जाने तयारीमा रहेको क्यानले जनाएको छ । क्यानका महासचिव अशोकनाथ प्याकुरेलले अनलाइनखबरसँग भन्नुभयो-’२३ तारिखमा दिल्ली जाने तयारीमा छौं । हामी स्थानीय टोलीसँग एकदिवसीय र टी-२० खेल खेल्छौं ।’ उहाँका अनुसार झण्डै २ सातासम्म दिल्लीमा बस्ने नेपाली टोलीले ४/५ एक दिवसीय र त्यति नै टी-२० खेल्ने तयारी भइरहेको छ ।

नेपाली टोलीका कप्तान पारस खड्काले पनि अभ्यासका क्रममा टोली दिल्ली जान लागेको जानकारी दिनुभयो । ‘अभ्यासका लागि दिल्ली जाने तयारीमा छौं’ खड्काले अनलाइनखबरलाई भन्नुभयो-’१६ देखि १८ सदस्यीय टोली जान्छौं ।’

एसीसी टी-२० कप क्रिकेट प्रतियोगिता चैत १३ गतेबाट काठमाडौंमा हुनेछ । जसमा नेपालसँगै, युएई, अफगानिस्तान, हङकङ, ओमान, कुबेत, माल्दिभ्स, सिंगापुर र बहराइनले खेल्नेछन् । प्रतियोगिताको शीर्ष दुई टोलीले नोभेम्बरमा हुने टी-२० विश्वकपको छनोट खेल्न पाउनेछ । युएई आयोजकका हैसियतमा र अफगानिस्तान एकदिवसीय मान्यता प्रप्त देशका आधारमा छनोट खेलका लागि छनोट भइसकेको छन् । यस्तै आईसीसी वल्र्ड क्रिकेट डिभिजन थ्री अपि्रल २८ बाट बर्मुडामा सुरु हुँदैछ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com