Headlines News :
Home » » विविध कार्यक्रम गरि प्रजातन्त्र दिवस मनाइयो, सरकारी कार्यक्रम भने उद्घाटन नै नगरि सकियो

विविध कार्यक्रम गरि प्रजातन्त्र दिवस मनाइयो, सरकारी कार्यक्रम भने उद्घाटन नै नगरि सकियो

काठमाडौं, ७ फागुन
६३औं प्रजातन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । १ सय ४ वर्षे निरङकुश जहानियाँ राणा शासनको अन्त्य भइ २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र उदय भएको हो ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ वर्षे जाहानियाँ राणा शासनको अन्त्य भएको र तत्कालीन राजा त्रिभुवनबाट प्रजातान्त्रिक व्यवस्था सुरु भएको ऐतिहासिक घोषणाको स्मृतिलाई जिवन्त राख्न प्रत्येक बर्ष फागुन ७ गतेको दिनलाई प्रजातन्त्र दिवसको रूपमा मनाइदै आएको छ ।

जनआन्दोलन दुई पछि बनेको सरकारले ११ वैशाखको दिनमा लोकतन्त्र दिवस मनाउन थालेपछि फागुन ७ को राष्ट्रिय प्रजातन्त्र दिवस केही ओझेलमा परेको महशुस गरिन्छ । यसअघि प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दे आएको भएता पनि गत वर्षबाट कार्यक्रम नै गर्न बन्द गरिएको छ ।

यसपटक पनि सरकारको तर्फबाट गृह मन्त्रालयले काठमाडांैको सभागृहमा एक कार्यक्रमको आयोजना गर्‍यो । तर, सरकारी कार्यक्रम केवल औपचारिकतामा मात्र सिमित भएको देखिन्थ्यो । करिब २० मिनेट चलेको कार्यक्रमको औपचारिक उद्घाटन गर्न पानस ल्याइएता पनि औपचारिक उद्घाटन गर्न आयोजकले नै बिर्सिएका थिए ।

कार्यक्रममा करिब सबै मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखहरू देखिएता पनि मन्त्रीहरूको उपस्थीति भने निकै न्युन थियो ।

कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराई उपप्रधानमन्त्रीद्धय नारायणकाजी श्रेष्ठ तथा विजयकुमार गच्छेदार र महिला तथा बालबालीका मन्त्री बद्री न्यौपाने तथा स्वास्थ्य मन्त्री राजेन्द्र महत्तोको मात्र सहभागीता रहेको थियो ।

पछिल्लो समय सरकारले नै प्रजातन्त्र दिवसलाई अब मूल्यन गरेको देखिएको छ 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com