हेटौंडा, फागुन ७
नेकपा एमालेका नेता केपी शर्मा ओलीले दलहरुबीचमा सहमती भएर देशले निकास पाउने बताउनुभएको छ ।
मुलुकलाई निकास दिनका लागि दलहरु लागिपरेको उहाँले बताउनुभयो । अहिलेको अवस्थामा देशलाई निकास दिन दलहरु सहमतीमा पुगेकाले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न लागिएको नेता ओलीले बताउनुभयो ।
रेडियो थाहा संचारको पाँचौ बार्षिक उत्सवको अवसरमा हेटौंडामा भएको कार्यक्रममा नेता ओलीले अब तत्काल सहमतिको सरकार निर्माण गरेर जेठ भित्रमा चुनाव गरिने बताउनुभयो ।
सत्ता बसिरहेकाहरुलाई सरकार छाड्न मन नहुँदा पनि अहिलेको परिस्थितिमा आएको ओलीले बताउनुभयो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !