Headlines News :
Home » » बस जुध्दा दुई दर्जन बढी घाइते

बस जुध्दा दुई दर्जन बढी घाइते


 धादिङ, फागुन ५ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटमा आज दिउँसो साढे तीन बजे दुई वटा बस एक आपसमा जुध्दा दुई दर्जन बढी यात्रु घाइते भएका छन्। उदयपुरको कटारीबाट काठमाडौं तर्फ आउँदै गरेको ना२ख ७३४२ नम्बरको यात्रुबहक बस र काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना४ख ७५२२ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

बेनिघाट-८, बेनिघाट बजार नजिकै भएको सो दुर्घटनाका २० जना घाइतेको उद्धार गरी उपचारका लागि काठमाडौं स्टार र शिवज्योति अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पाँच जना घाइतेको अवस्था गम्भिर रहेको बताइएको छ। अधिकांश घाइतेको बाहिरी चोट लागेको छ।
अन्य केही सामान्य घाइते स्थानीय अस्पतालमा उपचार गराइ घर फर्केका छन्। सिमसिम पानी परेका कारण सडक चिप्लो हुँदा चिप्लएर दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ। दुर्घटना पछि केहीबेर अवरुद्ध रहेको सडक सुचारु भएको छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com