इजरेलद्वारा क्षेप्यास्त्र प्रतिरोधक प्रणालीको परिक्षण
एजेन्सी, फागुन १४
इजरेलले पहिलो पटक क्षेप्यास्त्र प्रतिरोधक प्रणालीको सफल परिक्षण गरेको छ । उसले क्राउन थ्री नामक क्षेप्यास्त्र प्रतिरोधक प्रणालीको परिक्षण गरेको हो । सो प्रणालीले आफ्नो भूमिलाई लक्षित गरि प्रहार गरिएको मिसाइल पत्ता लगाई त्यसलाई आकाशमै नष्ट गर्ने क्षमता राख्दछ ।
इरानबाट हुनसक्ने सम्भावित आक्रमणको प्रतिरक्षाका लागि सो प्रणाली विकास गरिएको बताइएको छ । इजरेलले यसअघिनै आइरन डोम नामक क्षेप्यास्त्र प्रतिरोधक प्रणाली प्रयोग गर्दै आएको थियो । सो प्रणाली मार्फत उसले सन् २०१२ मा गाजा क्षेत्रबाट भएका ८५ प्रतिशत क्षेप्यास्त्र प्रहार रोकेको अधिकारीहरुले बताएका छन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !