एजेन्सी, फागुन १४
विश्व प्रसिद्ध ओस्कार अवार्डमा यस वर्ष सर्बश्रेष्ठ अभिनेता विधाको पुरस्कार डानियल डे लुइसले हात पारेका छन् । चलचित्र लिंकनमा निभाएको भूमिकाकालागि उनलाई सो अवार्ड दिइएको हो । यसपटक समेत गरि लुइसले तेश्रो पटक सर्वश्रेष्ठ अभिनेताको अवार्ड जितेर किर्तिमान बनाएका छन् । यसैगरि सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जेनिफर लरेन्सलाई प्रदान गरिएको छ । २२ वर्षिय लरेन्सलाई चलचित्र सिल्वर लाइनिङ प्लेबुकका लागि अवार्ड दिइएको हो । अमेरिकाको लस एन्जल्समा आयोजित ८५ औं ओस्कर अवार्ड समारोहमा सर्वश्रेष्ठ चलचित्रको उपाधी आर्गोले पाएको छ ।
११ वटा विधामा मनोनित चलचित्र लाइफ अफ पाईले सर्वश्रेष्ठ निर्देशकसहित सर्वश्रेष्ठ छायांकन तथा सर्वश्रेष्ठ भिजुअल इफेक्टको अवार्ड जितेको छ । समारोहमा पहिलो अवार्ड क्रिस्टोफर वाल्र्टजलाई प्रदान गरियो । उनलाई चलचित्र जैगो अनचेन्डका लागि सर्बश्रेष्ठ सह अभिनेता विधामा अवार्ड प्रदान गरिएको हो ।
यसैगरि सर्वश्रेष्ठ विदेशी भाषाको चलचित्र तर्फको अवार्ड अस्ट्रियाको अरमरले पाएको छ । यस्तै बेलायती गायिका एडलीले स्काईफलका लागि सर्वश्रेष्ठ गीतको उपाधी हात पारिन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !