Headlines News :
Home » » आज स्वस्थानी ब्रतको अन्तिम दिन

आज स्वस्थानी ब्रतको अन्तिम दिन

पौष शुक्ल पूणिर्मादेखि शुरु भएको श्री स्वस्थानी ब्रत तथा माधवनारायणको एक महिने व्रत आज सकिँदैछ । स्वस्थानी ब्रतको अन्तिम दिन, माघ शुक्ल पूणिर्माका दिन, विशेष पूजा अर्चना गर्दै स्वस्थानी ब्रतको समापन गर्ने परम्परा रहेको छ ।

यस अवसरमा एकसय आठ सुपारी, पान, फूल, रोटी, ल्वाङ, अक्षता आदि पूजा सामग्रीले स्वस्थानीको पूजा गरी ब्रतको समापन गर्ने परम्परा छ । आज रातभरि पूजाआजा गरी जाग्राम बस्ने चलन पनि छ ।

आज काठमाण्डौंको साँखुमा रहेको शाली नदीमा ब्रतालु महिलाहरु पनि व्रत बिसर्जन गरेर घर फर्किन्छन । आज शाली नदीमा बिहानैदेखि व्रतालुहरुको घुईंचो लागेको छ ।

हरेक वर्ष पौषशुक्ल पूणिर्माको दिनदेखि माघशुक्ल पूणिर्मासम्म एक महिना श्रीस्वस्थानीको पूजा आराधना गरी कथा सुन्ने र सुनाउने चलन छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com