Headlines News :
Home » » उपाधि विराटनगरको पोल्टामा

उपाधि विराटनगरको पोल्टामा

काठमाडौं, फागुन ३
विराटनगर (क्षेत्र नं.१) ले वाईवाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको छ। पोखरामा भइरहेको प्रतियोगिताको फाइनलमा विराटनगरले बिहीबार भैरहवा (क्षेत्र नं.४) लाई १० रनले पराजित गर्‍यो।

रंगशाला मैदानमा पहिला ब्याटिङ गरेको विराटनगर निर्धारित ५० ओभरमा १ सय ६८ रनमा समेटियो। जबाफमा आएको भैरहवा ४९.१ ओभरमा समेटियो। विराटनगरले १० वर्षपछि यु-१९ राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेको हो। पछिल्लो पटकको फाइनलमा टोली भैरहवासँग डकवर्थ लुइस पद्धतीमा पराजित भएको थियो।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com