Headlines News :
Home » » ‘कविता कन्सर्ट’ मा भानुभक्त र भूपिको कविता दुरुपयोग

‘कविता कन्सर्ट’ मा भानुभक्त र भूपिको कविता दुरुपयोग


काठमाडौं, फागुन ५
आदिकवि भानुभक्त आचार्य र कवि भुपि शेरचनको कविता सार्वजनिक दुरुपयोग भएको छ ।
बिबिसी मिडिया एक्सनले काठमाडौंको भृकुटीमण्डपमा गरेको कविता कन्सर्टमा भानुभक्त र भूपिको कविताको सार्वजनिक दुरुपयोग गरिएको हो  ।
कन्सर्टमा भानुभक्तको ‘बिन्ती डिठ्ठा बिचारीसित म कति गरुँ चुप...’ र शेरचनको ‘साँघुरो गल्लीमा मेरो चोक छ...’ कवितालाई रक शैलीमा गीत बनाएर प्रस्तुत गरिएको थियो । १५ जना कविले कविता वाचन गरेपछि कविद्वय आचार्य र शेरचनको कविता गितार, ड्रम सेट र आधुनिक बाजामा रक गीत बनाएर गाइएको थियो ।
प्रतिलिपि अधिकार अनुसार कुनै पनि स्रष्टाको बौद्धिक सम्पत्ति अनुमति बिना सार्वजनिक प्रयोग गर्न पाइदैन ।
बिबिसी मिडिया एक्सनका खगेन्द्र लामिछानेले कन्सर्टको माहौल बनाउन आचार्य र शेरचनको कवितालाई आधुनिक बाजामा प्रस्तुत गरिएको बताउनुभयो। ‘हामीलाई थाहा नभएर त्यस्तो गरेको हो’, उज्यालो अनलाइनसँग लामिछानेले भन्नुभयो     ‘तर अन्य प्रयोजनका लागि नगरेकाले अब सचेत हुन्छौँ ।’
प्रतिलिपी अधिकार ऐन अनुसार स्रष्टाको सम्पत्ति अनुमति बिना सार्वजनिक प्रयोग गर्न पाइँदैन ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com