Headlines News :
Home » » आजदेखि युथ फुटवल छनोट प्रतियोगिता हुने

आजदेखि युथ फुटवल छनोट प्रतियोगिता हुने


काठमाडौ, फागुन ४
अखिल नेपाल फूटबल संघ एन्फाको आयोजनामा आजदेखि युथ फुटबल छनोट प्रतियोगिता शुरु हुँदैछ ।

एन्फा अन्तर्गत गठन भएका ४५ जिल्ला संघले सञ्चालन गर्ने जिल्ला स्तरीय प्रतियोगितामा १५ वर्ष मूनिका युवा टिमहरुको सहभागीता रहनेछ । प्रतियोगिता फागुन १४ गतेसम्म चल्नेछ ।

प्रतियोगिताबाट उत्कृष्ट टोली छनौट गरी क्षेत्रीय टोली तयार गरिने र पाँच वटा क्षेत्रीय तथा नेपाल पुलिस, सशस्त्र प्रहरी र सेनाका विभागीय टोली सहित ८ वटा टोलीबीच आउँदो चैतमा १५ वर्ष मूनिको राष्ट्रिय प्रतियोगिता गरिने एन्फाले जनाएको छ ।

१६ वर्ष मूनिका टोलीको दोश्रो साफ च्याम्पियनशिप र एएफसी. च्याम्पियनसिप २०१४ अन्तर्गत छनौट चरण लगायत अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुने गरी राष्ट्रिय टोली तयार गर्न प्रतियोगिता गर्न लागिएको एन्फाको भनाइ छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com