काठमाडौ, फागुन १०
स्थायी शिक्षकको लागि दरखास्त दिने म्याद बिहीबार सकिँदैछ । दोब्बर दस्तुर तिरेर बिहीबार कार्यालय समयसम्म दरखास्त दिन सकिने शिक्षक सेवा आयोगले जनाएको छ ।
आवेदन दिनेको भीड बढेपछि आयोगले दरखास्त दिने म्याद एक हप्ता बढाएर बिहीबारसम्म कायम गरेको थियो । आयोगले १७ वर्षपछि खुला गरेको स्थायी शिक्षकको लागि दरखास्त दिनेको भीड लागेको छ ।
देशभर शिक्षक लाइसेन्स लिनेको संख्या ६ लाख रहेकाले दरखास्त दिनेको संख्या यो भन्दा बढी हुने आयोगको अनुमान छ । दरखास्त संकलनको काम शुक्रबारदेखि मात्रै शुरु हुने भएकाले यकिन संख्या आउन केही दिन लाग्ने आयोगका प्रशासकीय प्रमुख खगेन्द्रप्रसाद नेपालले उज्यालोलाई बताउनुभयो ।
देशका सबै जिल्ला शिक्षा कार्यालय मार्फत बिभिन्न विषयमा शिक्षकले दरखास्त दिएका छन् । प्राथमिक तहमा ७ हजार ९ सय ८०, निम्न माध्यमिक तहमा २ हजार ७ सय ९३ र माध्यमिक तहमा २ हजार २ सय ८६ गरी १३ हजार ५९ जना स्थायी शिक्षकका लागि आयोगले दरखास्त आह्वान गरेको थियो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !