Headlines News :
Home » » कुम्भ मेला भर्न गएका रौतहटका केही तिर्थालु सम्पर्कविहीन, एकको मृत्यु

कुम्भ मेला भर्न गएका रौतहटका केही तिर्थालु सम्पर्कविहीन, एकको मृत्यु

रौतहट, फागुन ५
भारतको इलावादमा कुम्भ मेला भर्न गएका रौतहटका केही तिर्थालु सम्पर्कविहीन भएका छन् । मेला भर्न गएका रौतहट सखुअवा धमौरा ९ की ५५ वर्षीया घुर्नी देवीको तीन दिनअघि भएको भागदौडमा ज्यान गएको पुष्टि भएपनि अरुको अहिलेसम्म कुनै खबर नआएको परिवारले जनाएको छ ।

रौतहट सखुअवा धमौरा ९की ५५ वर्षीया घुर्नी देवीको तीन दिनअघि मृत्यु भएको परिवारजनले जनाएका छन् । घुर्नी देवीको गोरखपुरमा मृत्यु भएको हो ।

रौतहटको वरियारपुर ७ का सियाराम सहनी, सोजेन्दर सहनी, श्रीनारायण सहनी, भोजी सहनी, राम औतार सहनीका पतिपत्नि अहिलेसम्म नफर्किएको स्थानीय दामोदर सहनीले बताउनुभयो ।

परिवारले औपचारिक रुपमा जानकारी नगराएको र भारतीय सुरक्षा अधिकारीसँग यसबारे सुचना लिने काम भइरहेको रौतहटका प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिनुभयो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com