लन्डन, फागुन २
पूर्व इटालियन प्रधानमन्त्री सिल्भियो बलुस्कोनीको स्वामित्व रहेको एउटा पत्रिकाले बेलायती राजकुमारी गर्भवती केट मिडलटनको बिकिनी तस्बिर छापेको छ जसलाई सेन्ट जेम्स दरबारले चर्को प्रतिक्रिया व्यक्त समाचारमा उल्लेख छ । क्यारेबियन टापु मुस्टिकको टतीय क्षेत्रमा खिचिएको ती तस्बिरमा राजदम्पतिलाई हिडिरहेको देखाइएको छ । बेलायती दरबार स्रोतले ती तस्बिरको भत्सर्नासमेत गरिसकेका छन् ।
गसिप पत्रिका चीले आफ्नो पहिलो पृष्ठमा फुकेको गर्भ भएकी राजकुमारी केटले बिकिनी लगाएको छापेको बेलायती अखबार डेली मेलले जनाएको छ । तस्बिरहरुमा ४ महिनाको गर्भ बोकेकी केटलाई उज्यालो निलो हाल्टर–नेक बिकिनीमा स्पष्टसँग फुलेको गर्भसहित देखाइएको छ । केटले पाखुरा उनका पति राजकुमार विलियमको काँधमा राखेका छन् जो आफैं ब्यागी कटु र सन ग्लासमा थिए । पत्रिको हेडलाइन, ‘केट र विलियम– तीनैका लागि हनिमुन’ राखिएको छ । दरबार स्रोतका अनुसार गोप्यताको अधिकार उल्लंघन गरेकोप्रति विलियम निकै रुष्ट बनेका छन् । केही समयअघि सोही पत्रिकाले ‘रानी नांगी छिन्’ शिर्षकमा टपलेस केटको तस्बिर छापेको थियो । स्रोतले विलियमले आफ्नी पत्नीको सुरक्षा गर्न असक्षम भएकोप्रति निकै ग्लानी अनुभव गरेको पनि बताएको छ ।
गोप्य तस्बिरहरु लामा लेन्सवाला क्यामेराबाट डुंगामा बसेर खिचेको पूर्व इटालियन प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको स्वामित्व रहेको सेलिब्रिटी पत्रिकाले ती तस्बिरलाई ‘क्यारेबियनमा विदा मनाउन गएका ड्युक र डचेज अफ क्याम्ब्रिजका अद्वितीय तस्बिर’ भनेको छ । ‘चार महिनाको गर्भ बोकेकी भविष्यकी आमाले सानो बिकिनी लगाएकी छन् जसमा उनको गर्भ स्पष्ट देख्न सकिन्छ ।’ पत्रिकाले लेखेको छ । संसारभरका अन्य धेरै पत्रिकालाई समेत उपलब्ध गराइएको हुनसक्ने भनिएका ती तस्बिरका लागि दुई लाख ५० हजार पाउन्ड तिरेको हुनसक्ने बताइएको छ । ‘निजी विदामा रहेका राजकुमार र राजकुमारीका तस्बिर छापिएकोप्रति हामी दुःखी छौं,’ सेन्ट जेम्स दरबारका एक प्रवक्ताले भने, ‘यो दम्पत्तिको गोप्यताको अधिकारीमाथिको ठाडो उल्लंघन हो ।’ यसैबीच, दरबारस्रोतले ती तस्बिर ‘भत्सर्नायोग्य’ भएको बताएको छ । आउँदो जुलाईमा आफ्नो पहिलो सन्तान अपेक्षा गरिएको राजदम्पत्ति १९ हजार पाउन्ड खर्चेर मुस्किको साता लामो विदामा गएको थियो । इटालियन पत्रिकाले विवाद सिर्जना गरेको यो पहिलो अवसर होइन । सो पत्रिकाले दुर्घटनामा परेकी मृत पूर्व युवराज्ञी डायनासमेत तस्बिर छापेको थियो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !