चितवन, माघ २९
प्रधानमन्त्री बाबुराम भट्टराईलाई स्कटिङ्ग गरेको प्रहरीको गाडी दुर्घटनामा परेको छ। दिउँसो यहाँको एक कार्यक्रम सकेर फर्कने क्रममा भरतपुर ओरालोमा गाडी दुर्घटनामा परेको हो।बालकुमारी कन्या उच्च मावि नारायणगढको स्वर्ण महोत्सव समापन गरी प्रधत्रानमन्त्री राजधानी जान भरतपुर विमानस्थलतर्फ जाँदै थिए। सो क्रममा प्रहरी स्कटिङ्ग गरिरहेका वेला ओरालोको मोडमा गाडी दुर्घटनामा परेको हो।
पल्टेको एस्कर्टिङ गाडी उठाएर घाइतेलाई उपचारका लागि पठाउँदा देखिएको भिड।
ग १ ४ ६१८४ नम्वरको प्रहरी बोकेको गाडी दुर्घटनामा परेको चितवनका प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए। वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरिक्षक मदन जित महरा सहित १४ जना प्रहरी घाईते भएको उनले बताए।
घाइते प्रहरीहरुको अहिले भरतपुर मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !