उदयपुर, माघ २९
एक दम्पतीले विष पिउँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। आइतबार राति विष पिएका त्रियुगा नगरपालिका-१० देउरीका अजय मण्डल र उनकी श्रीमती सिर्जनामध्ये सिर्जनाको मृत्यु भएको छ। श्रीमान् गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
सिर्जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निरीक्षक श्रीकृष्ण पौडेलले बताए। बीपीमै उपचाररत श्रीमान् २९ वर्षीय अजय मण्डलको अवस्था पनि गम्भीर रहेको अस्पताललाई उद्धृत गर्दै प्रनि पौडेलले बताए।
विष सेवनपछि लगत्तै उपचारार्थ जिल्ला अस्पताल उदयपुर ल्याइएको उनीहरुलाई अस्पतालले तत्काल धरान रेफर गरेको थियो। उनीहरुले विष सेवन गर्नुको कारण भने खुल्न सकेको छैन। दम्पतीले नै विष सेवन गरेको घट्ना भने उदयपुरमै पहिलो भएको प्रहरीले जनाएको छ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !