Headlines News :
Home » » रेग्मीको नेतृत्वमा एमाले सरकार बनाउन सहमत

रेग्मीको नेतृत्वमा एमाले सरकार बनाउन सहमत


 काठमाडौं फागुन ५,
अन्नतः नेकपा एमालेले प्रधान्यायधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउन सहमत भएको छ ।
शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले चर्को विवादपछि वर्तमान सरकारको वर्हिगमन र नयाँ सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको हो । यसले रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनको बाटो खुलेको छ ।
केन्द्रीय समितिले बाबुराम सरकारलाई बहिर्गमन गराउने र जेठमा चुनावको सुनिश्चितता गरी सहमतीय सरकार बनाउने म्याण्डेट दिइएको उपाध्यक्ष वामदेव गौतमले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
बैठकले सरकारको नेतृत्वबारे सहमति गर्दा शक्ति पृथकिकरणको सिद्धान्त, लोकतन्त्रको विश्वव्यापी मान्यता, स्वतन्त्र न्यायपालिका, विधीको शासनलाई ध्यानमा ख्याल गर्न सुझाव दिएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com