Headlines News :
Home » » नाचेर विश्व कीर्तिमान

नाचेर विश्व कीर्तिमान



थाइल्याण्डमा झन्डै पैतालिस सयजना महिला तथा पुरुषले एकसाथ नाचेर विश्व कीर्तिमान राखेका छन् | उनीहरुले त्यतिकै कम्मर भाँचेर नाच्नाले कीर्तिमान राखेका भने होइनन्, कम्मरमा ठुलो रिङ्गलाई सात मिनेटसम्म लगातार हल्लाएर नाच्दै कीर्तिमान कायम गरेका हुन् |

४ हजार ४ सय ८३ जना प्रतिस्पर्धीहरुले कम्मरमा बडेमानको गोलाकार प्लास्टिकको रिङ्गलाई अड्याएर घुमाउदै नाचेका थिए | गिनिज बुक अफ वर्ल्ड रेकर्डले हुलाहुपिंग भनिने यस्तो प्रदर्शनलाई नयां कीर्तिमानको उपाधि प्रदान गरेको हो |
थाइल्याण्डको बैंकक स्थित सातविश्वविद्यालयको खुल्ला प्रांगणमा सुरुमा ५ हजार प्रतिस्पर्धी नाच्न उत्रिएकोमा ५ सय १७ जनाले कम्मरमा रिङ्ग अड्याउन सकेनन र बिचैमा छोडेका थिए |

यो कीर्तिमानि समारोह थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले आयोजना गरेको थियो | जनतामा स्वास्थ्य सम्बन्धि चेतना जगाउन यस्तो कार्यक्रमको आयोजना गरिएको बाताइएको छ | -एजेन्सी
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com