Headlines News :
Home » » उल्टो मोटरसाईकल चलाउनेलाई सुल्टो चलाउँदामै घाइते

उल्टो मोटरसाईकल चलाउनेलाई सुल्टो चलाउँदामै घाइते


खोटाङ, फागुन १६  - उल्टो मोटरसाईकल चलाएर मेची महाकाली यात्रा गरिसकेका चित्रकुमार कार्की जीपको ठक्करबाट घाईते हुनुभएको छ ।

जयरामबाट सदरमुकाम दिक्तेलतर्फ आउनेक्रममा दिक्तेल–जयराम सडक खण्ड अन्तरगत दुर्छिममा को १ च ४२९४ नम्वरको जीपको ठक्करबाट उदयपुरका कार्की घाईते हुनु भएको हो ।

जीपको ठक्करबाट ५० मिटर तल खसेका कार्की अहिले स्वास्थ्यकर्मीको सल्लाह अनुसार सदरमुकाम दिक्तेलस्थित नमस्ते होटलमा आराम लिइरहनु भएको छ ।

ठक्करबाट हात र खुट्टामा गहिरो चोट लागेका कार्कीको हलेसी पोलिक्लिनिक दिक्तेलमा उपचार गरिएको थियो । पुर्खौली घर खोटाङ भएका कार्की घरायसी कामका सिलसिलामा दिक्तेल आउनेक्रममा दुर्घट्नामा पर्नु भएको हो । दिक्तेल–जयराम सडक खण्ड अन्तरगत दुर्छिममा मंगलबार भएको दुर्घटनामा कार्कीको मोटरसाईकल पूर्णरुपमा क्षतीग्रस्त बनेको छ ।

‘शान्ति र संबिधान युवाको अभियान’ भन्ने नारासहित गत वर्ष उल्टो मोटरसाईकल चढेर मेचीमहाकाली यात्रा गरिसकेका कार्कीले बिश्व उल्टो मोटरसाईकल यात्रा गर्ने तयारी गरिरहनु भएको छ ।

कार्कीको बिश्व उल्टो मोटरसाईकल यात्राका लागि सहयोगार्थ उदयपुरस्थित त्रियुगा टाइम्स साप्ताहिककले गत पुस–७ गते इलामदेखि मुलुकका बिभिन्न शहरहरुमा आर्थिक श्रोत जुटाउन नेपाल यात्रा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com