Headlines News :
Home » » पोखराका ३ ठाउँमा फ्रि वाईफाई दिने

पोखराका ३ ठाउँमा फ्रि वाईफाई दिने

फागुन १३ - पोखरामा संचालित चौथौ पोखरा क्यान इन्फोटेक मेला आइतवार सकिएको छ ।


यहि फागुन १० गतेदेखि सुरु भएको मेलाको ५५ हजार दर्शकले अवलोकन गरेका मेला मुल आयोजक समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विकसित सूचना तथा सञ्चार प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको मेलाको आजमात्रै १७ हजार दर्शकले अवलोकन गरेका छन्

सूचना प्रविधिसँग सम्वन्धित ८० वटा स्टल राखिएको मेलाको करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको थियो ।

मेलामा सबैभन्दा बढी ल्यापटप, डेस्कटप, पेनड्राइभ, प्रिन्सर्ट र एन्टिभाईरस सफ्टवयर बढि बिक्री भएको आयोजकले जानकारी दिएको छ । मेलामा भएको आईटी कन्फ्रेन्सले पोखराको पर्यटकीय क्षेत्र लेकसाईड, न्यूरोड र विन्ध्यवासिनीलाई फ्रि वाईफाई जोन घोषणाका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।

मेलास्थलमा पुराना कम्यूटर साटफेर गर्न सकिने र निःशुल्क कम्युटर सर्भिसिङ्गको समेत व्यवस्था मिलाइएको थियो भने दृष्टिविहीनहरुका लागि कम्युटर शिक्षा, विद्यार्थीहरुद्वारा बनाईएका रोबोटको प्रदर्शनी र कम्प्युटरबाट माइण्ड टेष्टको समेत व्यवस्था गरिएको छ ।

उत्कृष्ट स्टलका रुपमा पोखराको एक्पोलर डिजिटल प्रालि र जेरोक्स कम्पनीलाई पुरस्कृत गरिएको क्यान कास्कीका महासचिव अच्यूत खनियाले जानकारी दिनुभयो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com