काठमाडौ, फागुन १
काठमाडौ महानगरपालिकाले मंगलबारदेखि सडकका मुख्य चोकमा रहेका होर्डिङबोर्ड हटाउँदैछ ।
बिहान १० बजेपछि एयरपोर्टबाट विज्ञापनका होर्डिङबोर्ड हटाउन सुरु गरिने महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बताउनुभयो । जथाभावी राखिएका होर्डिङबोर्डले नगरक्षेत्र कुरुप भएको भन्दै हटाउने अभियान थालिएको हो ।
होर्डिङबोर्ड हटाउन ट्राफिक प्रहरी र महानगरपालिकाका कर्मचारी खटिने अधिकारीले जानकारी दिनुभयो । ५ सय भन्दा बढी होर्डिङबोर्ड भएकाले हटाउन एक महिना लाग्ने महानगरपालिकाले जनाएको छ ।
सडकमा छेउछाउमा रहेको होर्डिङबोर्ड हटाउन समय नलागे पनि घरका छतमा राखेका होर्डिङबोर्ड हटाउन बढी समय लाग्ने कार्यकारी अधिकृत अधिकारीको भनाइ छ । होर्डिङबोर्ड हटाउन सम्बन्धित संस्था र व्यक्तिलाई लिखित सूचना दिएपनि बेवास्ता गरेपछि महानगरपालिका आफैंले हटाउन थालेको हो

0 comments:
Speak up your mind
Tell us what you're thinking... !