काठमाडौ, फागुन १
काठमाडौको भोटाहिटीमा सोमबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
साढे ११ बजेतिर बा ५४ प ४८६२ नम्बरको मोटरसाइकललाई बा ८ च ३६१५ नम्बरको कारले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर लामाटारका बासुदेव बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको हो । ठक्कर दिई भागेको कारका चालकलाई पुरानो बानेश्वरबाट पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !