काठमाडौं, फागुन १४ - दुग्ध विकास संस्थान डिडिसीले पहिलो पटक गाईको शुद्ध दुध बेच्ने तयारी गरेको छ ।
काठमाडौंका उपभोक्तालाई लक्षित गर्दै डिडिसीले पहिलोपटक गाईको शुद्ध दुध बेच्ने तयारी गरेको हो । यसअघि बिक्री गर्दैआएको दुधमा भने रासायनिक मिश्रण गरिएको हुन्थ्यो ।
आउँदो बिहिबारदेखि उपभोक्ताले शत प्रतिशत शुद्ध गाईको दुध किन्न पाउने कृषि विकास मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डाक्टर प्रभाकर पाठकले जानकारी दिनुभयो ।
पहिलो चरणमा काठमाडौंमा ३ हजार लिटर दुध, ५ सय मिलि लिटरको प्याष्टिक प्याकमा बिक्री गरिने उहाँले बताउनुभयो ।
काठमाडौंमा वितरण गरिने दुध, दुग्ध वितरण आयोजना बालाजुमा प्रशोधन गरिने र त्यस्का लागि मन्त्रालयले आवश्यक पूर्वाधार तयार गरिसकेको छ ।
गाईको शुद्ध दुधमा मिसावट नहुने गरी छुट्टै ढुवानीको व्यवस्था गरिएको पाठकले दावी गर्नुभयो । गाईको शुद्ध दुध चितवन आसपासका किसानबाट संकलन गरेर काठमाडौं ल्याउने संस्थानको तयारी छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !