Headlines News :
Home » » कोरियामा एकै दिन दुई नेपालीको मृत्‍यू

कोरियामा एकै दिन दुई नेपालीको मृत्‍यू

काठमाडौँ फाल्गुन ६
वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका दुई नेपालीको मृत्‍यु भएको छ। सोलस्थित नेपाली दूतावासको मृत्यु हुनेमा भैरहवाका श्यामकुमार गैरे, ३६ र बिर्तामोडका राजेशकुमार राई छन्।  सोलस्थित नेपाली दूतावासका अनुसार ४ महिना अघि भ्रमण भिषामा आएका उनीहरुको सुतैकै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
कोरियाको गङ्नामस्थित हानान्सीस्थित कम्पनीकै कोठामा मृत्त अवस्थामा भेटिएका थिए। प्रहरीले उनको मृत्‍युको कारण हृदयघात भएको बताएको छ।

त्यस्तै कोरियाकै छ्नान् आन्सानमा झापा बिर्तामोडका राजेशकुमार राईको बर्मेली नागरिको आक्रमणबाट मृत्‍यु भएको छ। सोही स्थानमा काम गर्ने नवराज भराईका अनुसार ईपीएसमार्फत ११ महिना अघि कोरिया आएका ३५ बर्षिया राई विवादपछि भएको आक्रमणमा मारिएका हुन्। राजदूत कमानसिंह लामाका अनुसार दूताबासले यस विषयमा बुझ्ने काम गरिरहेको छ। कोरियामा अघिल्लो साता २ नेपालीको मृत्यु भएको थियो। श्रोत:नागरिक
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com