Headlines News :
Home » » वीर अस्पतालमा शुल्क बढ्यो

वीर अस्पतालमा शुल्क बढ्यो

काठमाडौं , फाल्गुन १
सरकारले बजेट कटौती गरेपछि वीर अस्पतालले मंगलबारदेखि लागू हुने गरी सेवामा २५ देखि सय प्रतिशत शुल्क बढाएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कार्यकारी परिषद्को ७३ औं बैठकले शुल्क बढाउने निर्णय गरेको हो ।

वीरका निर्देशक डा.बुलन्द थापाले सबै शाखालाई नयाँ शुल्क तालिकाबारे परिपत्र जारी गर्दै परिमार्जित शुल्क लिन निर्देशन दिएका छन् ।

स्रोतका अनुसार सरकारले वीरको बजेट यो पल्ट गत वर्षभन्दा चार करोड कम दिएको छ । अस्पतालले बजेटले थेग्न गाह्रो हुने जानकारी गराएपछि स्वास्थ्यलगायत सम्बन्धित मन्त्रालयले आफैं कमाउन सुझाव दिएर फर्काएकोसमेत स्रोतले दाबी गर्‍यो ।
निर्देशक थापाले भने धेरै वर्ष पुरानो शुल्क दर भएकाले र विस्तारसूगै सेवामा एकरूपता ल्याउन २५ देखि एक सय प्रतिशतसम्म शुल्क वृद्घ गरिएको बताए । परीक्षणमा उपयोग गरिने रसायनलगायत सामग्रीको मूल्यवृद्घ भएकाले पनि बढाउनुपरेको उल्लेख गरे । 'गरिबीको रेखामुनि जीवनयापन गर्ने ३० प्रतिशत जनता यहाँ आउंछन्,' उनले भने, 'गत वर्ष नै मध्यमभन्दा पनि आर्थिक रूपले तल्लो वर्गका करिब चार लाखले बहिरंग सेवाबाट उपचार गराए भने ८४ हजारले आकस्मिक सेवा लिए ।'

अस्पतालको तथ्यांकअनुसार वीरमा रोल्पा, डोल्पा, जुम्ला, हुम्ला, जाजरकोट, बझाङलगायतका दुर्गम क्षेत्रदेखि तराईका सुगमसम्मका नेपाली स्वास्थ्य उपचारका लागि पुग्ने पुग्छन् । वीरले बर्सेनि कुल आम्दानी करिब २६ करोड रुपैयाँ गर्ने गरेको छ । अस्पतालले महिनामा करिब अढाइ करोड तलब भत्तामा खर्च गर्नुपर्छ । थापाका अनुसार सरकारले १० करोड पूँजीगत र ३२ करोड अस्पताल सञ्चालन गर्न दिन्छ । वीरको बर्सेनि कुल बजेट करिब ६८ करोडको छ ।

'यसमा हामीलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर अस्पताल र नर्सिङ क्याम्पस चलाउनुपर्छ,' उनले भने, 'नाम्सअन्तर्गत १८ वटा संस्थासँग सम्बन्धन छ, त्यहाँ पनि पैसा दिनुपर्छ ।'
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com