काठमाडौं माघ २८
नेपाल सांस्कृतिक सङ्घले ‘हाम्रो संस्कृति’ भन्ने शीर्षकमा आयोजना गरेको कार्यक्रममा देशका सिद्धहस्त र नवोदित कविले कविता वाचन गरे ।
सङ्घका उपाध्यक्ष नृपेन्द्रनाथ रिमालको अध्यक्षता र साहित्यकार नरेन्द्रराज पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कवि भुवनहरि सिग्देल, रमेश खकुरेल, कोषराज नेउपाने, प्रहृलाद पोखरेल, सनतकुमार वस्ती, रमेश खकुरेल, डा. निर्मोही व्यास, निर्मलकुमार आचार्य, आरडी प्रभास चटौत, अच्युतरमण अधिकारी, रत्ननिधि शुक्राचार्य, रमेश शुभेच्छुक, सुरेश सुवेदी, यमुना नेउपाने, यशोदा अधिकारी, रुपक अलङ्कार, नारायण निराशी, वैरागी जेठालगायतले समसामयिक विषयमा कवितावाचन गरेका थिए ।
कार्यक्रममा श्रोताबाटै टिप्पणी गरिएको थियो । कविगोष्ठीमा स्त्रग्विणी, मन्दाक्रान्ता, मालिनी, शिखरिणी, अनुष्टुप, स्त्रग्धरा, शार्दूलविक्रीडित, वैष्णवी, गीति छन्द, केही गजल र केही गद्यमा कविता वाचन गरिएको थियो । चार गजल र तीन गद्यमा कवितावाचन भएका थिए । केही प्राकृतिक, केही राजनीतिमूलक, केही व्यङ्ग्य, केही समसामयिक र केही कविता विशुद्ध साहित्यिक पाराका थिए । रासस

0 comments:
Speak up your mind
Tell us what you're thinking... !