भक्तपुर, फागुन १
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीमा छापा मारेको छ । कलेजलाई सम्बन्धन दिंदा ठुलो आर्थिक चलखेल हुने गरेको दावी सहित परेको उजुरीका आधारमा अख्यितारले सीटीईभीटीमा छापा मारेको हो ।
केहीबेर अघि सिटिइभीटीमा पुगेको अख्यितारको टोलीले आवश्यक फाइल समेत नियन्त्रणमा लिएको छ । सुरक्षाका लागी सीटीईभीटीमा अहिले प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी परिचालन परिचालन गरिएको छ । परिषदका सदस्य सचिव जयबहादुर टण्डन लगायतका पदाधिकारीले कलेजलाई सम्बन्धन दिदा आर्थिक अनियमितता गरेको भन्दै आयोगमा उजुरी गरेको थियो । परिषद्मा अनियमितता भएको भन्दै एक महिनादेखि कर्मचारी संगठनले सदस्यसचिव टण्डनको कार्यकक्षसहित सम्बन्धन महाशाखा लगायतमा तालावन्दी गरेका छन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !