रत्ननगर, फागुन १
कुखुरा व्यवसायको हिसाबले राजधानी मानिने चितवनमा यसको सुली प्रयोग गरेर बायोग्यासमार्फत् बिजुली निकालिने भएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यसको सफल परीक्षण गरिसकेकाले यहाँ काम सुरु गरिएको जानकारी दिएको छ। गएको वर्ष पूर्वी चितवनको चैनपुर गाविसअन्तर्गत ज्यामिरेमा प्राविधिकहरू कुखुराको सुलीको प्रयोगबाट बिजुली निकाल्न सफल भएका थिए।
यो प्रयोग बाहिर विभिन्न देशमा प्रयोग भइरहेकाले नेपालमा पनि विद्युत् भार कटौतिको विकल्पको रुपमा परियोजना ल्याइएको केन्द्रका सहमहानिर्देशक समीर थापाले जानकारी दिए।
खेर गएको सुलीबाट गरिएको परीक्षणले ५३ प्रतिशत इन्धन बचत गर्न सकिने विज्ञले बताएका छन्। यहाँको विभिन्न पोल्ट्रीफर्मले सात वर्षअघि नै सुलीको ग्यासबाट खाना पकाउने काम गरे पनि विद्युत् भने निकालिएको छैन। यसवर्ष भने वायोग्यास प्रयोग गरेर नै समुदायलाई विद्युत् प्रवाह गर्ने लक्ष्य रहेको थापाले बताए। चितवनलगायत कम्तीमा देशका विभिन्न नौ स्थानमा परियोजना सञ्चालन गर्ने केन्द्रको लक्ष्य रहेको छ।
नेपालमा हाल १५ हजारको हाराहारीमा कुखुरा फार्म छन्। चितवनमा मात्र ५४ वटा ठूला फार्म रहेको अनुसन्धानले देखाएको छ। यहाँबाट करिब १४ मेघावाट विद्युत् निकाल्न सकिने केन्द्रले जनाएको छ।
अहिलेसम्म वायोग्यास प्रयोग गरिएकोमा अब भने ग्यासलाई विद्युत्मा रुपान्तरण गरी समुदायमा विद्युत् सेवा दिने लक्ष्य वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लिएको थापाले जानकारी दिए।
एसियाली विकास बैंक र विश्व बैंकले यसमा लगानी गर्ने विषयमा सम्झौता भइसकेको। कसैले गर्न चाहेमा २५ प्रतिशत अनुदान दिइने भएको छ। कुखुरा फार्मलगायत, गाई फार्म, विभिन्न ठूला अस्पताल तथा विद्यालयमा पनि यो अभियान चलाइने केन्द्रले जनाएको छ।
यस विषयमा अहिले देशभरी कार्यक्रम हुने स्थानको छनोट भइरहेको समेत केन्द्रले जनाएको छ। यसका लागि दुई करोड अमेरिकी डलर रकम छुट्याइएको छ।
Home »
technology
» दुई करोड डलरबाट कुखुराको सुलीमार्फत् बिजुली निकालिने
दुई करोड डलरबाट कुखुराको सुलीमार्फत् बिजुली निकालिने
Labels:
technology

0 comments:
Speak up your mind
Tell us what you're thinking... !