वासु शशी स्मृति परिषद्ले “वासु शशी स्मृति पुरस्कार-२०६९” कवि एवम् गीतकार डा. विमल कोइरालालाई प्रदान गर्ने भएको छ ।
पुरस्कारको राशि १५ हजार रहेको छ । पूर्व मुख्यसचिव समेत रहेका कवि कोइरालाले विगत चार दशकदेखि नेपाली भाषा, साहित्य एवम् गीतिक्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएको छ । उहाँको ‘मौन शिविर’, ‘उत्सव मनाउने तयारी’, ‘विमल कोइरालाका कविता र वार्ता र ‘विमल कोइरालाका कविता र गीत’ प्रकाशित भइसकेका छन् भने ‘प्रस्ताव’ र ‘माया प्यारो’ एल्वम बजारमा आएको छ ।
परिषद्ले यस वर्षको “वासु शशी स्मृति सम्मान-२०६९” वरिष्ठ साहित्यकार गीता केशरीलाई प्रदान गर्ने भएको छ । नेपाली आधुनिक गद्य क्षेत्रमा विगत पाँच दशकदेखि उहाँले कथा उपन्यास लेखनमा निरन्तर योगदान दिँदै आउनुभएको छ । उहाँका ‘कसिङ्गर’, ‘सौगात’, ‘आवाज’, ‘मुक्ति’, ‘नोकरी’, ‘लहर’, फक्रँदो कोपिलालगायत एक दर्जन बढी कथा र उपन्यास प्रकाशित छन्।
पुरस्कार वरिष्ठ कवि एवम् नाटककार वासु शशीको ७७ औँ जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते प्रदान गरिनेछ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !