काठमाडौं, फागुन ६
काठमाडौं महानगरपालिकाले सेवाग्राहीलाई अनलाईनमार्फत सेवा दिने भएको छ । घर जग्गाको कारोबार र कर संकलनलाई प्रभावकारी बनाउन सेवाग्राहीलाई अनलाईन सेवा प्रदान गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।
यस्तो व्यवस्था यो महिना भित्रै लागु गर्ने तयारी भईरहेको छ । यसले नागरिकलाई घर जग्गाको नक्सा पास र कर तिर्न सहज हुने महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार महानगरपालिकालाई प्राप्त सबै अभिलेख केन्द्रिकृत गरेपछि नागरिकलाई परिचय पत्रको व्यवस्था गरिने छ र त्यहि परिचय पत्रमार्फत उनीहरुले सेवा पाउनेछन् ।
कम्प्यूटरमा सेवाग्राहीका बारेका सबै सूचना राखिने हुँदा झन्झटिलो नहुने, सूचना हराउने डर पनि नहुने तथा कर छली गर्नेलाई कारवाही गर्न पनि सजिलो हुने उहाँको भनाई छ ।
यस्तै महानगरपालिकाले बैंक मार्फत कर तिर्ने व्यवस्था शुरु गर्ने तयारी पनि गरिरहेको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !