Headlines News :
Home » » शिवरात्रीमा १० लाख दर्शनार्थी पशुपति आउने

शिवरात्रीमा १० लाख दर्शनार्थी पशुपति आउने


काठमाडौ, फागुन १२ – यस वर्षको शिवरात्रीमा पशुपति दर्शन गर्नेहरुको संख्या बढ्ने अनुमान गरिएको छ । भेटी पारदर्शी गर्ने काम शुरु भएकाले दर्शनार्थीको संख्या बढ्ने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका कोषाध्यक्ष नरोत्तम वैद्यका अनुसार पशुपतिमा चढाइने भेटीको हरहिसाब सहित सार्वजनिक गर्ने काम थालिएकाले दर्शनार्थीमा विश्वास बढेको छ । चढाइएको रकम सदुपयोग हुने बिश्वास र व्यवस्थापन राम्रो भएकाले दर्शनार्थी धेरै आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । पोहोर परार झण्डै ५ लाख दर्शनार्थी आउने गरेकोमा यसवर्षको शिवरात्रीमा यो संख्या बढेर १० लाख पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

आउँदो २७ गते मनाइने शिवरात्रीको लागि पशुपतिमा आवश्यक तयारी पनि शुरु भएको छ । साधुसन्तको लागि बस्ने र धुनी बाल्ने ठाउँसँगै दर्शनार्थीको लागि आवश्यक व्यवस्था गर्ने काम थालिएको कोषले जनाएको छ । शिवरात्री नजिकिएसँगै साधुसन्त आउने क्रम पनि शुरु भएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com