Headlines News :
Home » » दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टोली पराजित

दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टोली पराजित


काठमाडौँ फागुन १४ 
भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली दोस्रो अभ्यास म्याचमा पराजित भएको छ । आज भएको खेलमा नेपाल दिल्लीको विजय धैय्या क्लबसँग ७ रनले पराजित भएको हो । विजय धैय्याले प्रस्तुत गरेको २ सय ४ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर ३ बलमा १ सय ९६ रनमा समेटियो । नेपालका लागि अनिल मण्डलले ६६ र बसन्त रेग्मीले २३ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

यसअघि टस हारेर व्याटिङ्ग गरेको घरेलु टोलीले निर्धारित ४० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । उसका लागि विजय भारद्वाज र विवेक रानाले समान ६३ र सौरभ कुमारले ३९ रन बनाए । बलिङ्गतर्फ सागर पुनले २ तथा बसन्त रेग्मी, अमृत भट्टराई र शक्ति गौचनले १/१ विकेट लिए । नेपाल एसिसि ट्वेन्टी ट्वेन्टी कप क्रिकेट र डिभिजन थ्रि क्रिकेटको तयारीका लागि भारत भ्रमणमा निस्किएको हो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com