Headlines News :
Home » » उत्तर कोरियाद्वारा तेस्रो अणुवम परिक्षण

उत्तर कोरियाद्वारा तेस्रो अणुवम परिक्षण

फाल्गुन १
उत्तर कोरिया ले तेस्रो पटक मंगलबार अणुवम परिक्षण गरेको छ । समाचार एजेन्सीहरुका अनुसार उसको यस तेस्रो अणु वम परिक्षणले सबैभन्दा नजिकको सहयोगी चीनलाई समेत संभवत रुष्ट बनाएको छ । उसले यो भूमिगत रुपमा गरिएको पुष्टी गरेको बीबीसी अनलाइनले जनाएको छ ।
युवा नेता किम जोङ उनको सत्तारोहणपछि गरिएको यो पहिलो अणु वम परिक्षण हो । यसअघि उनका बाबु किम जोङ इलको कार्यकालमा उक्त परिक्षण गरिएको थियो ।

'यो संयुक्त राष्ट्र संघको स्थायी समितिद्वारा पारित संकल्पको स्पष्ट र गम्भीर उल्लंघन हो' महासचिव वानकी मुनले भनेका छन् । ।

साउथ कोरियाले जुन प्रकारको भू–कम्पन देखा पर्यो यसले उत्तर कोरिया ले अणु वम विष्फोटन गराएको पुष्टी भएको उल्लेख गरेको छ । दक्षिण कोरियाली बिशेषज्ञहरुका अनुसार विगतको भन्दा ठूलो अणु वम परिक्षण गरिएको उल्लेख गरेको छ । यद्यपी दोस्रो विश्वयुद्धका बेला अमेरिकाले जापानको हिरोसिमामा विष्फोट गराएको भन्दा धेरै सानो भएको बताइएको छ ।

उनीहरुका अनुसार ६ देखि ७ किलोटनको वम परिक्षण गरिएको छ जवकी हिरोसिमामा २० किलोटनको विष्फोट गराइएको थियो ।

उत्तर कोरिया को उक्त परिक्षणपछि राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको छ । यसअघि नै विभिन्न खाले नाकावन्दीको सामना गरिरहेको उत्तर कोरिया को यो कार्यबाट थप नाकावन्दीको संभावना रहेको बताइएको छ । अणु वम कार्यक्रमकै कारण उत्तर कोरिया विश्वबाट करिव एक्लिएको अवस्थामा रहेको छ ।

यसअघि सन् २००६ र २००९ उसले अणुवम परिक्षण गरेको थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com