Headlines News :
Home » » चिनीया दुतावासद्धारा २५ लाख र ५ थान कम्प्युटर सहयोग

चिनीया दुतावासद्धारा २५ लाख र ५ थान कम्प्युटर सहयोग


मुस्ताङ, फागुन १ 
नेपाल स्थित चिनीया राजदुतावासले मुस्ताङको एक विद्यालयलाई २५ लाख रुपैया नगद र कम्प्युटर सहयोग गर्ने भएको छ । मुस्ताङ भ्रमणमा रहनुभएका चिनिया राजदुत याङ होउलानले मार्फाको स्याङ स्थित जनकल्याण निमावीलाई सहयोग गर्ने सहमतीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
विद्यालयद्धारा सञ्चालित सामुदायीक भवन मर्मत गर्न २५ लाख रुपैया र विद्यालयको शैक्षिक सुधारका लागि ५ थान कम्प्युटर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरिएको विद्यालयका शिक्षक भिम थकालीले बताउनुभयो । भ्रमणका लागि सोमबार बेनी हुँदै मुस्ताङ आईपुग्नुभएका राजदुत होउलानको टोली मंगलबार मुस्ताङबाट फिर्ता भएको छ ।
मुस्ताङको छोसेर गाविस स्थित दिब्य दिप माध्यमिक विद्यालयलाई चिन सरकारले सभाहल, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष सहितको २ तले भवन निर्माणका लागि सहयोग गरेको थियो भने कुञ्जो गाबिसको ताग्लुङ निमाबिको भवन निमार्ण का गि समेत सहयोग गरेको थियो चिनिया सरकारले हिमाली जिल्लाको शैक्षिक प्रगतिका लागि सहयोग गर्दै आएको छ ।

चिनिया दुताबासले बेनी जोमसोम लोमन्थाङ कच्चि सडकको स्तरोउन्नतीमा सहयोग गर्न स्थानियबासीन्दाले अनुरोध गरेका छन ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com