काठमाडौं, फागुन ६
अमेरिकी डलरको मूल्य ५७ पैसाले बढेको छ। राष्ट्र बैंकले भोलिका लागि एक अमेरिकी डलरको मूल्य ८७ रुपैयाँ ७ पैसा तोकेको छ। डलरको मूल्य फेरि बढ्न थालेको हो। डलरसँग भारतीय मुद्रा कमजोर हुन थालेपछि नेपाल रुपैयाँ अवमूल्यन भएको हो। भारतीयसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा बलियो हुँदा डलरको मूल्य घट्छ।
डलर महँगो हुँदा विदेशबाट भित्रिने वस्तु किन्ने, पढ्न, घुम्न र स्वास्थ्य उपचारका लागि बाहिर जानेलाई घाटा हुन्छ। पर्यटन व्यवसायी, विदेशमा बस्ने नेपालीले पठाउने पैसा (रेमिटेन्स) पाउने परिवारलाई भने फाइदा नै पुर्याउँछ। गत आर्थिक वर्ष रेमिटेन्स ४ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ भित्रिएको थियो।
डलर महँगिएपछि अधिकांश आयातित वस्तुको मूल्य वढ्नेछ। यसको असर देखिन भने केही समय लाग्नेछ। राष्ट्र बंैकका अनुसार गत वर्ष आयात १६.५ प्रतिशतले बढेर ४ खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँको भएको थियो। चालु वर्षको साउनमा आयात ४६ अर्ब ९८ करोड रुपैयाँको भएको छ।
निकासीकर्ताको आय भने बढ्नेछ। विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्समा पनि डलरले असर गर्ने छ।
खासगरी भारतबाहेक देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो हुने छ। विदेशबाट कच्चा पदार्थ ल्याई नेपालमा उत्पादन गर्ने उद्योगको लागत पनि बढ्नेछ। सबैभन्दा वढी मार पेट्रोलियम पदार्थको आयातमा पर्ने छ। डलर महँगिएका कारण पेट्रोलिय पदार्थको मूल्य बढ्न चाप पर्ने छ।
डलर बलियो हुँदा सरकारले विभिन्न दातृ निकायलाई तिर्नु पर्ने ऋणको सावाँ ब्याजको भार वढी पर्छ। डलरमा बिजुली किन्नुपर्ने आयोजनालाई सरकारले वढी पैसा तिर्नु पर्छ। विदेशी कलेजमा पढ्न जाने विद्यार्थीको खर्च बढ्छ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !