Headlines News :
Home » » पोखरामा फुटपाथ व्यवसायीद्वारा प्रदर्शन, ४८ जना पक्राउ परे

पोखरामा फुटपाथ व्यवसायीद्वारा प्रदर्शन, ४८ जना पक्राउ परे

पोखरा, फागुन ६
पोखराको शनिबार राती फुटपाथ पसल हटाएपछि त्यसको विरोधमा उत्रिएका व्यावसायीहरूले चक्काजाम गर्न खोज्दा ४८ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू आफूहरुलार्ई व्यवस्थित स्थानमा सार्नुपर्ने माग गरेर विरोधमा उत्रिएका थिए । ती व्यवसायीहरुलाई प्रहरीले पोखराको चिप्लेढुङ्गा तथा पृथ्वीचोकबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरु सबैलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको बताइएको छ । व्यावसायीहरूले पोखरामा विरोध र्‍याली समेत निकालेका छन् । पोखरामा रहेका ३ हजारभन्दा बढी फुटपाथ पसल हटाईएको छ ।  अवैध रुपमा संचालित पोखराको मुख्यबजार चिप्लेढुंगा, सभागृहचोक र व्यस्त बजार पृथ्वीचोक, बसपार्क क्षेत्रको फूटपाथ पसलहरु शनिबार राती हटाईएको थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com