Headlines News :
Home » » ह्याप्पी बर्थ डे युट्यूब

ह्याप्पी बर्थ डे युट्यूब


बैशाख ११ – लोकप्रिय भिडियो सेयरिङ साइट युट्यूब आठौँ वर्षमा प्रवेश गरेको छ । युट्यूब सन् २००५ मा सुरु भएको हो ।

स्थापनालाई आधार मान्ने हो भने युट्यूबको जन्म फेब्रुवरी १४ मा भएको हो तर सेवा सुरु भएको दिनलाई मान्ने हो भने अप्रिल २४ ।

सन् २००५ को अप्रिल २३ मा युट्यूबमा पहिलो भिडियो अपलोड गरिएको थियो ।

युट्यूबका संस्थापक मध्येका एक जावेद करिमले अपलोड गरेको ‘मि ए ट द जु’ अर्थात् चिडियाखानामा म शीर्षकको उक्त भिडियो अमेरिकाको क्यालिफोर्नियास्थित एक चिडियाखानामा खिचिएको थियो । २० सेकेन्ड लामो भिडियोमा उनले चिडियाखानाको हात्तीको वयान गरेका छन् ।


याकोभ लापिट्स्कीले उक्त भिडियो सुट गरेकी हुन् ।


युट्युब कथा

युट्यूबको कथा सन् २००५ को फेब्रुवरीबाट सुरु हुन्छ । अनलाइन व्यापार गर्ने साइट पेपलका तीन पूर्वकर्मचारी चाड हुर्ले, स्टेभ छेन र जावेद करिमले युट्यूब डट कम डोमेन एक्टिभेट गरे ।

उनीहरुले प्रयोगकर्ताले भिडियो अपलोड गर्न, सेयर गर्न र हेर्न मिल्ने गरी साइट बनाउने योजना अनुसार काम थाले । अप्रिल २३ मा पहिलो भिडियो अपलोड गरे । र, २००५ को मेबाट औपचारिक रुपमा वेबसाइट सुरु गरे ।

सन् २००६ को सुरुवातमै युट्यूब सबैभन्दा तिब्र रुपमा भिजिटर वृद्धि हुँदै गएको वेबसाइटको सूचिमा पर्‍यो । युट्यूबमा सोही वर्षको जुलाइसम्ममा दैनिक ६५ हजार भिडियोहरु अपलोड हुन्थे र दैनिक १० करोड भिडियो भ्यू हुन्थ्यो ।

सन् २००६ बाट नै युट्यूबले विज्ञापन सेवा पनि सुरु गर्‍यो । लोकप्रियता बढ्दै गएपछि युट्यूबको चर्चासँगै मुख्यपनि बढ्यो । अन्नतः सन् २००६ को अक्टोबर ९ मा गुगलले १.६५ बिलियन अमेरिकी डलरमा युट्यूब किन्यो । र, सन् २०११ मा नयाँ डिजाइन सहित युट्यूब आयो ।

एक अध्ययन अनुसार २००७ मा युट्यूबले सन् २००० को कूल इन्टरनेट ब्यान्डविथ जति नै ब्याण्डविथ खर्च गर्थ्यो ।

सोसल मिडिया साइट म्यासेबलका अनुसार सन् २०१२ ताका युट्यूबमा एक सेकेन्डमा एक घण्टा बराबरको भिडियो अपलोड हुन्थे ।

हाल युट्यूबमा एक मिनेटमा ७२ घण्टा बराबरको भिडियो अपलोड हन्छन् । ति मध्ये ७५ प्रतशित भिडियो अमेरिका बाहिरबाट अपलोड हुन्छन् ।

एलेक्साका अनुसार युट्यूब हाल विश्वको तेश्रो चर्चित वेबसाइट हो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com