Headlines News :
Home » » बेहोस बनाएर भारत लैजाँदै गरिएकी युवतीको उद्धार

बेहोस बनाएर भारत लैजाँदै गरिएकी युवतीको उद्धार


बुटवल, बैशाख १५ - बेहोस बनाएर भारततर्फ लैजान लागेकी एक युवतीलाई रुपन्देहीको बेलहीयाबाट उद्धार गरिएको छ ।

घरबाट बजार जान हिंडेकी तनहुँको अरणेदय गाविसकी १७ वर्षीया किशोरीलाई अपरिचित व्यक्तिहरुले बेहोस बनाएर भारततर्फ लैजाने क्रममा नेपाल–भारत सिमानामा पर्ने बेलहियाबाट उद्धार गरिएको हो ।  

तीन जना युवाले बुधवार बेलुकी नेपाल कटाउन लाग्दा चेलिबेटी तथा मानव बेचविखन बिरुद्ध कार्यरत संस्था केआई नेपालको बेलहियास्थित चेकपोष्टका कर्मचारीले रोकेका थिए ।

ती युवतीलाई विहीवार आमा र काकाको जिम्मा लगाइएको केआई नेपालले जानकारी दिएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com