Headlines News :
Home » » आइसीसी वर्ल्ड डिभिजन थ्रीमा नेपाल र बर्मुडा भिड्ने

आइसीसी वर्ल्ड डिभिजन थ्रीमा नेपाल र बर्मुडा भिड्ने

१८ वैशाख, काठमाण्डौं । आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपाल आज आयोजक बर्मुडासंग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बर्मुडाको सेन्ट डेभिडस क्रिकेट क्लबको मैदानमा हुनेछ ।

लगातार दुई खेल हारेसंगै नेपालको डिभिजन २ मा पुग्ने यात्रा कठिन बनेको छ । शीर्ष २ मा पुग्ने सम्भावना जिवितै राख्न नेपालले आजको खेल जित्नै पर्ने दबाव छ । शीर्ष दुईमा पर्न नसकेको अवस्थामा डिभिजन ३ मा कायमै रहनका लागि पनि नेपालका लागि आजको खेल गर या मरको हुनेछ ।

नेपाल र बर्मुडा एकदिवसीय खेलमा पहिलो पटक भिड्न लागेका हुन् । ट्वान्टी ट्वान्टीमा गत वर्ष भएको भेटमा नेपालले बर्मुडालाई हराएको थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com