काठमाडौं १८ बैशाख । भारतमा पेट्रोलियम पदार्थमूल्य घटेको छ । त्यहाको सरकारले मंगलबार मध्यरातमा पेट्रोलीयम पदार्थको मूल्य घटाएको हो ।
पेट्रोलको हालको मुल्यमा ४ दशमलब ५४ प्रतिशत अर्थात ३ रुपयाा घटाइएको छ भने खाना पकाउने ग्याासमा भारतीय रुपैया ५४ घटाइएएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
यसअघि प्रतिलिटर ६६ रुपया नौ पैसा पर्ने पेट्रोलको मूल्य अव प्रतिलिटर ६३ रुपैया ९ पैसा पर्ने भएको छ । भारतीय आयल निगमका अनुसार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि त्यहा मूल्यमा समायोजन गरिएको हो ।
भारतीय बजारमा अप्रिल महिना भित्रै पटक पटक तेलको मूल्य घटेको छ । भारतीय बजारमा हुने पेट्रोलीयम पदार्थको मूल्य घटबढले नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव पार्दै आएको छ । तर त्यहा मूल्य बढ्दा नेपालमा पनि बढ्ने तर घट्दा भने यहा नघटाउने गरिएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !