Headlines News :
Home » » अवकाश पाएका सचिवलाई पनि तलब-भत्ता

अवकाश पाएका सचिवलाई पनि तलब-भत्ता


२९ वैशाख, काठमाण्डौं । कपिलवस्तुका उक गाविस सचिव त्रियोगी प्रसाद मिश्रले २०६६ जेठ १ गते अवकाश लिए पनि २०६८ साउनदेखि २०६९ असारसम्मको तलब-भत्ता लिए । कपिलवस्तु जिविसले मिश्रको नाममा एक बर्षको तलबवापत २ लाख १ हजार, लुगा भत्ताको ७ हजार ४ सय र दसैं खर्च १५ हजार २ सय गरी २ लाख २४ हजार रुपैयाँ खर्च लेखेको छ ।
कपिलवस्तुकै अर्का सचिव वेचनप्रसाद वारीले पनि २०६८ असोज १६ गते अवकाश लिए । तर, उनले २०६८ कात्तिकदेखि २०६९ जेठसम्मको तलब भत्ता बुझेको खर्च जिविसले निकालेको छ । वारीले पेसा छाडिसकेपछि तलब, भत्ता, सञ्चयकोष, लुगा भत्तावापत १ लाख ६५ हजार रुपैयाँ लिएको भन्दै जिविसले खर्च देखाएको कारोबार दैनिकमा खबर छ ।
त्यस्तै कपिलवस्तुकै अर्का सचिव अनवारुल हक मुसलमानले पनि जागिर छोडेपछि तलब, लुगाभत्ता, गरी ९७ हजार रुपैयाँ बुझेको जिविसले देखाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com