Headlines News :
Home » » मिस नेपाल अमेरिकाको आवेदन खुल्यो

मिस नेपाल अमेरिकाको आवेदन खुल्यो

काठमाडौं, बैशाख २१ - अमेरिका बस्दै आएका नेपाली युवतीहरुले भाग लिन पाउने सुन्दरी प्रतियोगिता मिस नेपाल युएस–२०१३ को आवेदन खुलेको छ ।

३ वर्षदेखि हुँदै आएको प्रतियोगिता आगामी अगस्ट १७ अर्थात भदौ १ गते न्यूयार्कस्थित क्विन्स थिएटरमा हुने आयोजक संस्था इभेन्ट प्लानेट इनकर्पोरेसनले जनाएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक नेपाली अमेरिकी युवतीले आउँदो ७ जुलाईसम्ममा आवेदन दिन सक्ने आयोजकले जनाएको छ । ‘युवामा सशक्तिकरण नेपाललाई बढावा’ भन्ने नाराका साथ यो प्रतियोगिता गर्न लागिएको हो ।

मिस नेपाल अमेरिकाको विजेताले ५ हजार अमेरिकी डलर तथा नेपाल भ्रमणका लागि हवाई टिकटसमेत पाउने छन् ।

यस्तै द्वितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजार डलर पाउने छन् । प्रतियोगितामा १७ देखि २६ वर्ष भित्रका युवतीहरुले सहभागिता जनाउन पाउने आयोजक संस्था इभेन्ट प्लानेट इनकर्पोरेसनले जनाएको छ ।
यसअघि सन् २०१२ को मिस नेपाल अमेरिकाको उपाधि आस्था श्रेष्ठले तथा सन् २०११ को उपाधि सुजिता बस्नेतले जितेका थिए ।

अनलाइन मार्फत आवदेन दिन चाहनेहरुले यहाँ क्लिक गर्नुहोला ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com