Headlines News :
Home » » अछामलाई आज खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिदै

अछामलाई आज खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिदै


२५ वैशाख, अछाम । अछामलाई आज खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिने भएको छ । जिल्लाका ७५ वटै गाविसका सबै घरधुरीमा चर्पी बनाई प्रयोगमा ल्याईएपछि आज एक कार्यक्रमकाबीच जिल्लालाई उपराष्ट्रपति परमानन्द झाले खुल्ला दिशामुक्तको औपचारिक घोषणा गर्नुहुने भएको हो ।

२०६५ साल भदौ महिनामा शुरु भएको अछामको खुल्ला दिशामुक्त तथा सरसफाई कार्यक्रम अन्तर्गत जिल्लाका हात्तिकोट गाविस २०६५ माघ १८ गते पहिलो खुल्ला दिशामुक्त घोषणा गरिएको थियो भने गत चैत्र ५ गते जिल्लाको तोलि गाविसलाई ७५ औं खुल्ला दिशामुक्त गाविस घोषणा गरीएको थियो । २०६८ को जनगणना अनुसार अछाममा ४८ हजार ३ सय ५१ घरधुरी छन् जसमा ४७ हजार बढी शौचालय बनाई प्रयोगमा ल्याईएका छन् ।

आज मध्यान्ह उपराष्टपति झा, शहरी विकास मन्त्री छविराज पन्त सहित विभिन्न मन्त्रालयका ४ जना सचिव, क्षेत्रीय निर्देशक, छिमेकी जिल्लाका स्थानीय विकास अधिकारी, लगायतका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने बताईएको छ । घोषणा कार्यक्रमका सबै तयारी पुरा भएको जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक स्थानीय विकास अधिकारी बिष्णु प्रसाद कोईरालाले बताउनु भएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com