काठमाडौं, बैशाख २४ - संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्ज सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले कार्यकर्ता रिहाईको माग गर्दै पूर्वका ९ जिल्लामा गरेको बन्द चौथो दिन फिर्ता लिएको छ ।
परिषदका अध्यक्ष कुमार लिङ्देनले मंगलवार एक विज्ञप्ति निकाली बन्द फिर्ता लिएको जानकारी दिनुभएको हो ।
मतदाता नामावली संकलनमा अवरोध गरेको आरोपमा पक्राउ परेको आफ्ना कार्यकर्तालाई रिहा गर्नु पर्ने भन्दै परिषदले आह्वान गरेको बन्दका कारण ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, तेह्रथुम, धनकुटा, संखुवासभालगायतका जिल्लाको यातायात, वजार, पसल, तथा शैक्षिक संस्था ४ दिनदेखि ठप्प भएको थियो ।
सम्बन्धित पक्षसित छलफल र वार्ताको वातावरण बनाउन प्रशासनले कार्यकर्ता रिहा गर्ने र घाइतेको उपचारको व्यवस्था गर्ने सहमति भएकाले बन्द स्थगित गरिएको परिषदले जनाएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !