Headlines News :
Home » » नेपाली क्रिकेटरलाई नगर परिक्रमा गराईने

नेपाली क्रिकेटरलाई नगर परिक्रमा गराईने



२५ वैशाख, काठमाण्डौं । विश्व क्रिकेट डिभिजन-३ जितेर आज स्वदेश फर्कदै गरेको नेपाली क्रिकेट टोलीलाई नगर परिक्रमा गराईने भएको छ । नेपालले बर्मुडामा भएको खेलमा उपाधि जित्नुका साथै विश्वकपको छनोट खेलमा सहभागी हुने मौका पाएको छ भने, एक स्थान माथि पुगेर डिभिजन-२ मा बढुवा भएको छ ।



त्रिभुवन विमानस्थलमा बिहान ९ बजे आइपुगेको नेपाली टोलीलाई एयरपोर्टबाट गौशाला, रातोपुल, मैतिदेवी, डिल्लीबजरा, पुललीसडक, भृकुटिमण्डव, सहिद गेट हुँदै राष्ट्रिय खेलकुद परिषद पुर्‍याउने तयारी नेपाल क्रिकेट संघले गरेको छ । टोलीलाई पञ्चकन्याको स्वागत सहित बाजागाजाका साथ नगर परिक्रमा गराईने तयारी भएको क्रिकेटसंघका किरण राणाले जानकारी दिनुभयो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com